देश

    भैँसी चराउन गएकी एक महिलालाई हातखुट्टा बाँधेर बलात्कार, प्रहरीमाथि शंका

    नवलपुर टुडे
    २०७९ जेष्ठ १० | बिहान ११:०२ बजे

      जनकपुरधाम । धनुषा जिल्लाको कमला नगरपालिका वडा नम्बर १ मँगराहास्थित एक महिलालाई हातखुट्टा बाँधेर बलात्कार गरेको घटना बाहिरिएको छ ।

      गत जेठ २ गते साँझ करिब ७ बजेको समयमा कमला नगरपालिका वडा नं. १ मँगराहास्थित भैँसी चराउन गएकी एक स्थानीय महिलालाई सोही स्थानका एक युवकले हातखुट्टा बाँधेर बलात्कार गरेको घटना बाहिरिएको हो । जेठ २ गते मतगणना जारी रहेको बेला साँझ स्थानीय बर्ष ३८ को गुरुदयाल मण्डलले एक ३२ बर्षिय महिलालाई बलात्कार गरी फरार भएका छन् ।

      घटनास्थलमा महिलाको लोग्ने पुग्दा उनलाई हातखुट्टा बाँधेर शरिरको पुरै साडी फुकालेको अवस्थामा देखेपछि घटना बाहिर आएको हो । भैँसी चराउन जाँदा उनलाई जबरदस्ती मुख छोपेर हातखुट्टा बाँधेर बलात्कारको घटनालाई अन्जाम दिएको पीडितको आरोप छ ।

      यता, ईलाका प्रहरी कार्यालय खजुरी मातहत पर्ने प्रहरी चौकी माचिका प्रहरी अधिकारीले नै मदत गरेको आरोप लगाइएको छ । अझै फरार रहेका मण्डललाई पक्राउ गर्नको लागि प्रहरी चौकी माचिमा निरन्तर पीडितले सम्पर्क राखेपनि अझै उनलाई पक्राउ गर्न नसकेको आरोप लगाएका छन् ।

      प्रहरी चौकीका अधिकारीले आरोपितलाई राजनीतिक पार्टीको दबाबमा उम्कन मदत गरेको आरोप पीडितले लगाएको छ । यता, घटनाको बारेमा अनुसन्धान थालिएको तथा फरारलाई पक्राउ गर्न प्रहरी खटाईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

        कमेन्टहरु