देश

    सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत

    नवलपुर टुडे
    २०७९ जेष्ठ १० | बिहान ०७:०२ बजे

      काठमाडौं, जेठ १० । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार अपराह्न ४ बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेकी हुन् ।

      सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार राष्ट्रपतिद्वारा नेपाल सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमसहित संयुक्त सदनलाई सम्बोधन हुनेछ । नेपालको संविधानबमोजिम जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सोही नीति तथा कार्यक्रमका आधारमा सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने छ ।

      जेठ ३ गते सुरु भएको संसद्को बजेट अधिवेशनमा आगामी बजेटको सैद्धान्तिक छलफल भइसकेको छ । सो छलफलपछि मात्र राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको हो ।

        कमेन्टहरु