राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन अर्घाखाँचीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा विरोध


बुटवल । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन अर्घाखाँचीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा विरोध जनाएको छ ।
आपूर्तिलाई सहज बनाइराख्न भन्दै नेपाल आयल निगमले जेठ ८ गते राति १२ बजेबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। यसै कुरालाई मध्यनजर गर्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन अर्घाखाँचीले विज्ञप्ति नै निकालेको छ।
जसमा लेखिएको छ `उच्चतम क्षृङ्खलाबद्द रुपमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा भैइरहेको मुल्यबृदी आपत्तिजनक, अस्वभाविक र अब्यबहारिक छ।सरकारको अमानविय हचुवा,अदुर्दसी निर्णयबाट आम नेपाली जनता मारमा परिरहेका छन।
रास्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन अर्घाखाँचीले महिना महिना देखि हप्ता हप्तादिनमा नै भैरहेको आपत्तिजनक मूल्य वृद्धिको घोर बिरोध गर्दछ साथै आम जनताको हित बिपरित भएको मुल्यबृदी अबिलम्ब फिर्ता लिन सरकार सङ्ग माग गर्छ। साथै पेट्रोलियम पदार्थमा राज्यले भन्सार र विभिन्न बाहानामा लिईरहेको करको पुर्नबिचार गरि मूल्य नियन्त्रण गर्न र विद्युतको उत्पादन र खपत र बैकल्पिक उर्जाको आबस्यक कार्य योजना ल्याउन रास्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन अर्घाखाँची सरकारसङ्ग माग गर्दछ।´
यदि सरकारले मुल्य समायोजन नगरेमा कडा विरोध प्रदर्सनमा उत्रिने राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन अर्घाखाँचीका अध्यक्ष घनश्याम पाण्डेले बताएका छन् ।यसअघि स्थानीय चुनावको भोलिपल्ट अर्थात् वैशाख ३१ गते निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ बढाएको थियो। अघिल्लो पटक खाना पकाउने एलपी ग्यासको मूल्यलाई नचलाएको निगमले यसपालि चाहिँ एकैचोटि प्रतिसिलिन्डर २०० रुपैयाँ बढाएको छ।





