धनगढीमाई नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण लियो


विनोद मण्डल
सिरहा । सिरहाको धनगढीमाई नगरपालिकामा नव निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरिएको छ । स्थानिय निर्वाचनको चुनावी परिणाम बमोजिम निर्वाचित भएका मेयर उपमेयर लगायत १४ ओटा वडा अध्यक्ष र सदस्यहरुलाई सपथ ग्रहणसहित प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले धनगढीमाईद्वारा आयोजित कार्यक्रममा नव निर्वाचित मेयर शिवशंकर महतो उपमेयर संगिता चौधरी लगायत धनगढीमाई नगरपालिकाका प्रशासकिय अधिकृत लगायतको उपस्थितीमा भएको कार्यक्रममा पालिकाको १४ ओटै वडाका वडा अध्यक्ष लगायत सदस्यहरूको उपस्थिति रहेको थियो । निर्धारित समयमा सुरु गरिएको कार्यक्रममा निर्वाचित जनप्रतिनिधीहरूलाई प्रमाणपत्रसहित टीका फूल माला र अविरले स्वागत गरिएको थियो । कार्यक्रममा एमालेका वरिष्ठ नेता रामप्रित रामको सहभागिता रहेको थियो ।
विभिन्न वडाहरूबाट जनप्रतिनिधिका अतिरिक्त करिब ७०० स्थानियकोसमेत सहभागिता रहेको थियो । नगरपालिकाको नवनिर्मित भवनको परिसरमा आयोजित कार्यक्रममा जनमत पार्टीका पवन यादव लगायतका उपस्थिती थियो । कार्यक्रमको अन्त्यमा नगरपालिकाले निर्वाचित सम्पूर्ण वडा अध्यक्षलाई बाईक र नयाँ हेलमेट उपहार दिइएको छ ।
कार्यक्रममा बोल्दै मेयर महतोले ठूलो जिम्मेवारी काँधमा आएकोले नगरका सबै पार्टीलाई मिलाएर अघि बढ्ने बताउनु भएको छ । कार्यक्रममा आमन्त्रित एमालेका बरिष्ठ नेता लिला नाथ श्रेष्ठले स्थानिय निकायमा कर्मचारी अभाव रहेको बताउँदै यसप्रति केन्द्रिय सरकार गम्भीर हुनुपर्ने धारणा राख्नु भएको छ । कार्यक्रमको समापन निर्बाचन अधिकृत महेन्द्र महतोले गर्नुभएको थियो ।





