मुख्य समाचार

    एमाले कार्यकर्ता पक्राउ परेपछि केही बेर स्थगित भएको भरतपुरको मतगणना फेरि सुरु

    नवलपुर टुडे
    २०७९ जेष्ठ ९ | मध्यान्ह ०५:०२ बजे

      चितवन, जेठ ९ । एमाले कार्यकर्ता पक्राउ परेपछि केही बेर स्थगित भएको भरतपुर महानगरपालिकाको मतगणना फेरि सुरु भएको छ । नेकपा एमालेका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि भरतपुर महानगरको मतगणना अवरुद्ध बनेको थियो ।

      सोमबार दिउँसो वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्किने क्रममा एकाएक मतगणना स्थलमा प्रवेश गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उनलाई प्रहरीले नियन्त्रणमा लिएको विषयलाई लिएर एमालेका कार्यकर्ताले विरोध गर्दै उनलाई रिहा नगरेसम्म मतगणना हुन नसक्ने अडान लिएका थिए ।

      मतगणना स्थलमा तोकिएको अधिकारीबाहेक प्रवेश निषेध गरिए पनि ती प्रतिनिधि अनाधिकृत रुपमा प्रवेश गरेपछि प्रहरीले तत्काल नियन्त्रणमा लिएको हो । केहीबेरको विवादपछि फेरि मतगणना सुरु भएको छ ।

        कमेन्टहरु