देश

    नवनिर्वाचित नगर प्रमुख शाहद्वारा पदभार ग्रहण

    नवलपुर टुडे
    २०७९ जेष्ठ ९ | मध्यान्ह ०४:०२ बजे

      अजय मिश्र
      कृष्णनगर, जेष्ठ ९ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख रजत प्रताप शाहले आज नगरपालिका पुगेर पदभार ग्रहण गरेका छन् । आज उनलाई नगरपालिकाका कर्मचारीले स्वागत गरेका हुन् ।

      शुक्रवार साझ कपिलवस्तु जिल्ला अदालतमा कपिलवस्तु जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश तेजेन्द्र प्रसाद शर्माले रजत प्रताप शाहलाई सपथ ग्रहण गराएका थिए । पहिलो स्थानीय चुनावमा स्वतन्त्र उमेदवार भै विजयी भएका रजत प्रताप शाह अहिलेको स्थानीय चुनावमा नगर प्रमुखमा पुन विजयी भएका छन् ।

      कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकाल, लेखा प्रमुख दान बहादुर खनाल, शिक्षा शाखाका बलराम पन्थी, योजना शाखा प्रमुख साकिर अहमद शाह, राजेश मिश्र, थुमा देवी उपाध्याय, प्रदिप चौधरी, सुदिप मौर्य, नागेश्वर मिश्र , इश्वरी प्रसाद पौडेल लगायत कर्मचारीहरूको उपस्थित रहेको थियो ।

        कमेन्टहरु