देश

    भरतपुर महानगरमा रेनु जित नजिक, १० हजार बढी मतको अग्रता

    नवलपुर टुडे
    २०७९ जेष्ठ ९ | मध्यान्ह १२:०२ बजे

      चितवन, जेठ ९ । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल जित नजिक पुगेको छ ।

      १ लाख १० हजार ४५४ मतगणना हुँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेनु दाहालले निकटतम प्रतिद्वन्दी भन्दा १० हजार १२६ बढी मतले अग्रता लिएकी छन् । १ लाख २७ हजारभन्दा बढी मत खसेको भरतपुरमा अब १७ हजारको हाराहारीमा मत गन्न बाँकी छ ।

      हालसम्म रेनुले ४४ हजार ३०५ मत प्राप्त गरेकी छन् । एमालेका विजय सुवेदीले ३४ हजार १७९ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५१५ मत प्राप्त गरेका छन् ।

        कमेन्टहरु