देश

    मोरङको सुन्दर हरैँचा नगरपालिकामा नेकपा एमाले विजयी

    नवलपुर टुडे
    २०७९ जेष्ठ ९ | बिहान ०७:०२ बजे

      मोरङ, जेठ ९ । मोरङको सुन्दर हरैँचा नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ ।

      नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै केदारप्रसाद गुरागाईं मेयर र अकली चौधरी उपमेयरमा निर्वाचित भएका हुन् । गुरागाईँले निवर्तमान मेयरसमेत रहेका कांग्रेसका शिवप्रसाद ढकाललाई पराजित गरेका हुन् । गुरागाईंले २१ हजार ४ सय ५ मत ल्याउँदा ढकालले २० हजार ६ सय ७८ मत पाए ।

      उपमेयरमा चौधरीले २२ हजार ४ सय ५२ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नवराज चापागाईंले ११ हजार ३०० मत ल्याए ।

        कमेन्टहरु