देश

    नगरवासिको समर्थनका साथ कृष्णनगर नगर प्रमुख शाहको विजय र्‍याली

    नवलपुर टुडे
    २०७९ जेष्ठ ७ | मध्यान्ह ०९:०२ बजे

      अजय मिश्र
      कृष्णनगर, जेष्ठ ७ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको नवनिर्वाचित नगर प्रमुख रजत प्रताप शाह नगरवासिको समर्थनका साथ नगरमा आज विजय र्‍याली गरेका छन् l

      कृष्णनगर नगरपालिकाको प्रत्येक वडामा पुग्ने गरि विजय र्‍याली गरिएको छ l प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह, लगायत नेपाली कांग्रेस पार्टी समर्थन तथा सुभचिन्तकहरूको साथ विजय र्‍याली निकालिएको हो l

      विजय र्‍याली कृष्णनगरको गोलघरमा आएर सभामा परिणत भै यो जीत नगरका जनताको भएको, कृष्णनगरलाई अझै विकसित बनाइने, स्वास्थ्य, शिक्षा, खानेपानी लगायत अन्य क्षेत्रमा अझै विकास हुने वक्ताहरूको जोड थियो l

        कमेन्टहरु