समाचार

    रौतहटमा विजय र्‍यालीमा निवर्तमान वडा अध्यक्षद्वारा हस्तक्षेप दर्जनौं व्यक्तिहरु घाइते, स्थिति तनावग्रस्त

    नवलपुर टुडे
    २०७९ जेष्ठ ७ | मध्यान्ह ०९:०२ बजे

      सिताराम साह
      रौतहट । नेकपा एसबाट रौतहटको गढीमाई नगरपालिका वडा नम्बर १ हरैयामा नवनिर्वाचित वडा अध्यक्ष रामपुकार यादवले विजय जुलुस निकाल्दा झडप सृजना भएको छ । यादवले निर्वाचित भएपछि आफ्नो वडामा शान्तिपूर्ण तरिकाले विजय जुलुस निकाल्न जादा निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका निवर्तमान वडा अध्यक्ष रामविनय यादका समर्थकहरुले संघातिक हमला गरेको बताएका छन्।

      सो हमलाका कारण दर्जनौं व्यक्ति घाइते भएको नवनिर्वाचित वडा अध्यक्ष यादवले बताए । नवनिर्वाचित वडा अध्यक्ष यादवले निवर्तमान वडा अध्यक्षको घरबाटो भएर र्‍याली जुलुस निकालिएको आक्रोशमा आफ्नो घरको छतबाट ढुङ्गा, मुडा गर्न थालेको आरोप लगाउदै सो हमलाबाट हाम्रो पक्षको दर्जनौं व्यक्ति र ३ जना सुरक्षाकर्मी घाइते भएको बताए।

      सो घटनालाई नियन्त्रणमा लिन प्रहरीले केही व्यक्तिलाई पक्राउ तथा केही राउन्ड हवाई फायर गरेको एक स्थानीयले बताए। सो घटना बारे गरुडाका डिएसपी बरुण बहादुर सिंहसँग बुझण प्रयास गर्दा निजको फोन उठेन। पत्रकार रन्धिर साह अनुसार हाल सम्म पुरै गाउँ तनावग्रस्त रहेको छ।

        कमेन्टहरु