बुटवलको मेयरमा कांग्रेसका खेलराज पाण्डेय विजयी


बुटवल, जेठ ७ । बुटवल उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय विजयी भएका छन् ।
अन्तिम मतपरिणाम अनुसार नगर प्रमुखमा पाण्डेयले ३० हजार १ सय ३० मत ल्याएर विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईलाई ७,५३३ मतान्तरले पराजित गरेका हुन् । भट्टराईले २२,५९७ मत ल्याएका छन् । यस्तै बुटवलको मेयरका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मृगेन्द्र कुमार शेरचनले ४ हजार २ सय ९७ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा भने एमालेकी सावित्रा अर्याल २४ हजार ९ सय ४ मतका साथ विजयी भएकी छिन् । उनका निकटम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका उम्मेदवार चीनबहादुर गुरूङले १६ हजार ९ सय ८० मत प्राप्त गरेर पराजित भएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका भगवती पाण्डेयले ६ हजार ५ सय २९ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयका अनुसार कुल ९० हजार ६५ मतदाता रहेको बुटवलमा ६२ हजार ९ सय ७५ अर्थात् जम्मा ६९.९२% मत खसेको थियो । १९ वटा वडा रहेको बुटवलमा ११ वटा वडामा कांग्रेस र ५ वटा वडामा एमाले विजयी भएका छन् । स्वतन्त्र, गठबन्धनबाट रुख चिन्ह लिएको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक-एक वडा जितेका छन् ।





