देश

    बालिका करणी अभियोगमा एक म्यादी प्रहरी पक्राउ

    नवलपुर टुडे
    २०७९ जेष्ठ ७ | मध्यान्ह ०३:०२ बजे

      झापा, जेठ ७ । बालिका करणी गरेको अभियोगमा झापामा एक म्यादी प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

      प्रहरीले उनलाई शुक्रबार झापाको गौरीगञ्जस्थित वडा नं २ बाट ड्युटीमा रहेकै अवस्थामा पक्राउ गरेको हो । उनले मंगलबार १४ वर्षीया एक बालिकालाई सोही वडास्थित गहते जङ्गलमा लगेर बलात्कार गरेको आरोप छ ।

      पोखरेललाई प्रहरीले उदयपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । उनी स्थानीय तह सदस्य निर्वाचन ०७९ मा झापाबाट म्यादी प्रहरी बनेका हुन् । रासस

        कमेन्टहरु