देश

    गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा २ शिक्षक पक्राउ

    नवलपुर टुडे
    २०७९ जेष्ठ ७ | मध्यान्ह ०३:०२ बजे

      गुल्मी, जेठ ७ । गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई जना शिक्षक पक्राउ परेका छन् ।

      जिल्लाको सत्यवती गाउँपालिका हसरास्थित सत्यवती माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले जनाए ।

      शिक्षक निलकण्ठ बस्यालले २०७८ भदौ महिनादेखि र अर्का शिक्षक प्रकाश भट्टराईले २०७८ माघ महिनादेखि एक छात्रामाथि यौनजन्य क्रियाकलापका लागि फकाउने, बालयौन दुर्व्यवहारका कार्यहरु गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी खरेलले बताए ।

      प्रहरीले शिक्षकद्वय भट्टराई र बस्याललाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

        कमेन्टहरु