भरतपुरमा रेणुको अग्रता कायम

नवलपुर टुडे
२०७९ जेष्ठ ७ | मध्यान्ह ०२:०२ बजे

चितवन । भरतपुर महानगरपालिकाको जारी मतगणनामा गठबन्धनका उम्मेदवार रेणु दाहाल निरन्तरता अग्रता बढाएको छन ।
दाहालले अध्यावधिक विवरणअनुसार मतान्तर बढाउँदै लगेकी छन् । शनिबार दिउँसोका अध्यावधिक विवरणअनुसार उनले ५,७३३ मत को अग्रता बनाएकी छन् ।
महानगरपालिकाको ७६०९५ गणना गर्दा दाहालले २९४७८ मत पाएकी छन् भने सुवेदीले २३७४५ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १०,३३४ मत पाएका छन्। उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीको अग्रता कायमै छ ।





