लाहान यातायात कार्यालयको व्यवस्थापनमा कमजोरी


विनोद मण्डल
सिरहा । सिरहाको लहानस्थित ग्रामिणमा संचालित बाईक लाइसेन्स ट्रायल परीक्षामा व्यवस्थापनको अभाव देखिएको छ । शनिवार निर्धारित समय अगाडि ट्रायलको लागि ग्रामीण परिसरमा पुगेका चालकहरुको ठूलो भीड लागेको छ ।
ट्रायल स्थलसम्म पुग्न करिब ३ घण्टाको लाइन प्रतीक्षा गर्नुपर्ने जथाभावी बाईक पार्किङमा रहेको नेम लिस्ट खोज्न ठूलो भीडको सामना गर्नु पर्ने थियो । साथै चर्को घामको सामाना गर्दै खुला चौरमा उभिनु पर्ने लगायतका समस्या एकातिर छ भने अर्कोतिर खुला चौरमा मानिसहरु उभिएको तस्बिर खिच्न प्रतिबन्धित गरेको थियो ।
यसैबीच सिन्धुलीका एक जनाले तस्बिर खिच्दा त्यहाँस्थित ट्राफिक प्रहरीले मोबाइल खोसी दिए । त्यहाँको अबस्था संचारकर्मीहरुले रिपोर्टिङ गर्न खोज्दा त्यहाँका ट्राफिकले भित्रको तस्बिर खिच्न मिल्दैन भन्दै रोक लगाएको थियो ।
यातायात कार्यालय लहानको व्यवस्थापकीय पक्षप्रति सम्बन्धित निकायको ध्यान आकर्षण हुनुपर्ने छ ।





