देश

    दोलखाको विगु गाउँपालिकाको अध्यक्षमा माओवादी, उपाध्यक्षमा एमाले उमेदवार विजयी

    नवलपुर टुडे
    २०७९ जेष्ठ ७ | मध्यान्ह १२:०२ बजे

      चरिकोट, जेठ ७ । दोलखाको विगु गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेकपा (एमाले)का उमेदवार निर्वाचित भएका छन् ।

      गाउँपालिका अध्यक्षमा गठबन्धनका तर्फबाट माओवादीका सञ्जीव ओली र उपाध्यक्षमा एमालेकी देविका थामी निर्वाचित भएका हुन् । पालिका अध्यक्षमा चार हजार १०० मत प्राप्त गरी ओली निर्वाचित भएका हुन् । अध्यक्षमा एमालेका उमेदवार अच्छुतम केसीले तीन हजार ९७३ मत प्राप्त गरेका छन् ।

      गठबन्धनको तर्फबाट गाउँपालिका उपाध्यक्षको उमेदवार बनेकी नेपाली कांग्रेसकी आङनिमा शेर्पालाई पराजित गर्दै एमालेकी थामी उपाध्यक्षमा निर्वाचित भएकी हुन् । थामीले चार हजार १३ मत प्राप्त गरेकी छन् भने प्रतिस्पर्धी शेर्पाले तीन हजार ८२६ मत प्राप्त गरेकी छन् ।

      आठ वडा रहेको विगु गाउँपालिकामा एमालेले तीन, माओवादी र कांग्रेसले दुई÷दुई र एउटा वडामा स्वतन्त्र उमेदवारले वडाध्यक्ष जितेका छन् । रासस

        कमेन्टहरु