मुख्य समाचार

    रामग्राममा एमालेको विजय जुलुसमा एक युवाको मृत्यु

    नवलपुर टुडे
    २०७९ जेष्ठ ७ | बिहान १०:०२ बजे

      सुरेश यादव
      नवलपरासी, जेठ ७ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १२ को वडा अध्यक्ष पदमा बिजयी हासिल गरेका लोकबहादुर चाैधरीको विजय जुलुसमा सहभागी एक युवाको मृत्यु भएको छ ।

      रामग्राम नगरपालिका वडा नं १२ कसिया बस्ने २४ वर्षिय अनिल सहानी एमालेको विजय जुलुसमा पिकअपबाट खसेर मृत्यु भएको हो । तीन दिन पहिले गम्भीर घाइते भई जिल्लाको पृथ्वी चन्द्र अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

      तीन दिनै पहिलै मृत्यु भएको भए पनि एमालेको विजय जुलुस र सपत ग्रहणमा असर पर्ने भएकोले मृत्य घोषणा नगर्न एमालेले दवाव गरेको तथा यस घटनालाई दवाउने समेत प्रयास भई रहेको स्थानियले गुनासाे गरेका छन् ।

      हाल मृतक शरीरलाई परिवारले नबुझेकोले पोस्टमार्टम जिल्लाको पृथ्बी चन्द्र अस्पताल परासी भइरहेको तथा यस घटनाबारे थप अनुसन्धानको लागि गाडी र डाइवरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु