देश

    धनगढीबाट अछाम जाँदै गरेको बस सेती किनारमा खस्यो, ७ जना घाइते एक बालक ‘बेपत्ता’

    नवलपुर टुडे
    २०७९ जेष्ठ ७ | बिहान ०७:०२ बजे

      धनगढी, जेठ ७ । कैलालीको धनगढीबाट अछाम जाँदै गरेको यात्रुबाहक बस डोटीमा दुर्घटना भएको छ । शनिबार बिहान डोटीको शिखर नगरपालिका–१, गरेपानीमा ना५ख ९६६३ नम्बरको बस दुर्घटना भएको हो ।

      दुर्घटनामा बसमा सवार ७ जना घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । बस सडकबाट ५० मिटर तल सेती नदीको किनारमा खसेको प्रहरीले जनाएको छ ।

      दुर्घटनामा १८ महिनाका एक बालक बेपत्ता भएका छन् । प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको र पुर्ण विवरण आउन बाकी रहेको प्रहरीले जनाइएको छ ।

        कमेन्टहरु