हेटौंडा उपमहानगरको मेयरमा नेकपा एसका मीना लामा निर्वाचित

नवलपुर टुडे
२०७९ जेष्ठ ७ | बिहान ०७:०२ बजे

हेटौंडा, जेठ ७ । हेटौंडा उपमहानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। गएराति सम्पन्न मतगणनामा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) की मीना लामा मेयरमा र नेपाली कांग्रेसका राजेश बानियाँ उपमेयरमा निर्वाचित भएका हुन्।
लामाले २३ हजार ६७ मत प्राप्त गरिन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले) का अनन्त पौडेलले २० हजार ९०८ प्राप्त गरे। त्यस्तै, राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले २० हजार ३१ मत प्राप्त गरे।
यसैगरी, उपमेयरमा कांग्रेसका बानियाँ ३२ हजार ५९३ मत पाएर निर्वाचित भए। प्रतिस्पर्धी एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले २३ हजार ९०९ मत प्राप्त गरिन्। उपमेयरमा राप्रपाकी उम्मेदवार इन्दिरा न्यौपानेले पाँच हजार ८८७ मत प्राप्त गरिन्।





