देश

    धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार सम्पाङले बढाए अग्रता

    नवलपुर टुडे
    २०७९ जेष्ठ ७ | बिहान ०७:०२ बजे

      धरान, जेठ ७ । सुनसरीको धरान उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार हर्क राई (साम्पाङ) ले अग्रता बढाउँदै लगेका छन्।

      आज बिहानसम्मको मतगणनाअनुसार, साम्पाङले १३ हजार ४०५ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका किशोर राईले ११ हजार ४४ मत पाएका छन्।

      तेस्रो स्थानमा रहेकी नेकपा (एमाले) की उम्मेदवार मञ्जु भण्डारी (सुबेदी) ले नौ हजार ५४ मत पाएकी छन्।

      उपमेयरमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार आइन्द्र विक्रम बेघाले अग्रता बढाएका छन्। बेघाले १३ हजार ५९ मत पाएका छन् भने प्रतिस्पर्धी एमालेका पदम इस्वोले १२ हजार ३१७ मत पाएका छन्।

        कमेन्टहरु