बोदेवर्साइनको नगरप्रमुखमा जसपाका यादव निर्वाचित

नवलपुर टुडे
२०७९ जेष्ठ ७ | बिहान ०७:०२ बजे

काठमाडौं, जेठ ७ । सप्तरीको बोदेबर्साइन नगरपालिकाको नगरप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका आतेशकुमारसिंह यादव निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृत कार्यालयका अनुसार उनले पाँच हजार ६९३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दीपेन्द्रकुमार यादवले पाँच हजार २८० मत प्राप्त गरे । सिंह २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।
यस्तै उपप्रमुखमा जनता समाजवादी पार्टी(जसपा) नेपाल का रेणकुमारी साह निर्वाचित भएकी छन् । निर्वाचित साहले पाँच हजार १५४ मत ल्याएर विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी कांग्रेसका पुनिताकुमारी साहले चार हजार ९३६ मत प्राप्त गरिन् । बोदेबर्साइन नगरपालिकामा कूल २१ हजार २९१ मतगणना भएको थियो । रासस





