देश

    कृष्णनगर नगरपालिकाको प्रमुखमा शाहको सानदार जीत

    नवलपुर टुडे
    २०७९ जेष्ठ ६ | मध्यान्ह ०३:०२ बजे

      अजय मिश्र,
      कृष्णनगर, जेष्ठ ६ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको नगर प्रमुखमा दोस्रो पटक रजत प्रताप शाह विजयी भएका छन् ।

      अघिल्लो निर्वाचनमा स्वतन्त्र उमेदवार भई विजयी भएका रजत प्रताप शाह अहिलेको स्थानीय चुनावमा राप्रपाका उमेदवार दिपक रजौरीयालाई १४९६ मतान्तरले पछि पार्दै नगर प्रमुखमा पुन विजयी भएका हुन् ।

      निर्वाचनमा एक हजार भन्दा बढी मतान्तरले पछि पार्दै विजयी भएका शाह जनता माझ लोकप्रिय नेताका रूपमा परिचित छन् । उनी सरल स्वभाव तथा सबैको सुख दुःखमा सहभागी हुने र नगरलाई विकासको बाटोमा अग्रसर गराउदै आएका छन् ।

      त्यस्तै नगर उपप्रमुखमा नेपाली कांग्रेसकी उमेदवार आरती चौधरी विजयी भएकी छिन् । नगर प्रमुख तथा उपप्रमुख पदमा विजयी भएकालाई शुभचिन्तकहरूले बधाई दिनेको ओइरो लागेको साथै विजय जुलुस सहित नगर परिक्रमा गरेका छन् ।

        कमेन्टहरु