भारतमा डिजेलको ट्याङ्कर र ट्रक आपसमा ठोक्किदा ९ जनाको मृत्यु

नवलपुर टुडे
२०७९ जेष्ठ ६ | मध्यान्ह ०२:०२ बजे

काठमाडौं, जेठ ६ । भारतको महाराष्ट्रस्थित चन्द्रपुर शहरको बाहिरी इलाकामा एक डिजेल बोकेको ट्याङ्कर र काठ लिएर जाँदै गरेको ट्रक एक आपसमा ठोक्किएको छ ।
ठक्करपछि आगलागी हुँदा ९ जनाको जलेर मृत्यु भएको छ । प्रहरी अधिकारीका अनुसार डिजेल ट्याङ्कर र ट्रक एक आपसमा ठोक्किएपछि भयानक आगलागी भएको हो । ट्रकमा बसेका ७ जना र पेट्रोल ट्याङ्करमा बसेका दुई जनाको घटनास्थलमा नै मृत्यु भएको पुष्टि भएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनामा शव यति नराम्रोसँग जलेको छ कि उनीहरुको पहिचान गर्न मुश्किल भइरहेको छ । एजेन्सी





