देश

    कावासोती नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी

    नवलपुर टुडे
    २०७९ जेष्ठ ६ | मध्यान्ह ०१:०२ बजे

      नवलपुर, जेठ ६ । नवलपुरको कावासोती नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेबाट विष्णुप्रसाद भुसालले १८ हजार ६०८ मतका साथ जित हासिल गरेका हुन् ।

      उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका महेन्द्रप्रसाद पोख्रेलले १८ हजार ३०४ मत प्राप्त गरेका थिए । यस्तै उपप्रमुखमा पनि एमाले नै विजयी भएको छ । पार्टीबाट फूलकुमारी थनेत १९ हजार २४ मतका साथ विजयी भएकी हुन् ।

      दोस्रो भएका माओवादी उमेदवार पतिराम थनेतले १३ हजार ५६१ मत प्राप्त गरेका थिए । यहाँ कांग्रेस र माओवादीले गठबन्धन गरेको थियो ।

        कमेन्टहरु