देश

    धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ १५०० बढी मतले अग्रता

    नवलपुर टुडे
    २०७९ जेष्ठ ६ | बिहान ०९:०२ बजे

      काठमाडौं, जेठ ६ । सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १५ सय बढीको मतान्तरले अग्रता लिएका छन् । साम्पाङले गठबन्धनका उम्मेदवार किशोर राईलाई १५०९ मतले पछि पारेका हुन् ।

      पछिल्लो मतपरिणाम अनुसार साम्पाङले ११ हजार ३३९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका किशोर राईले ९८३० मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी मन्जु पौडेलले ८३७१ मत ल्याएकी छिन् ।

      यसअघि साम्पाङ र राईबीच जम्मा २७० मतको अन्तर थियो । तर ११ नम्बर वडाबाट राईले अग्रता फराकिलो बनाएका हुन् । यो वडामा २८०० मत गन्दा साम्पाङले १२६९ मत र कांग्रेसका राईले जम्मा ६४० मत पाएका छन् ।

      अघिल्लो निर्वाचनमा धरानमा नेकपा एमालेका तारा सुब्बा विजयी भएका थिए । तर पछि सुब्बाको मृत्युपश्चात् उपनिर्वाचन हुँदा कांग्रेसका तिलक राई विजयी भएका थिए ।

        कमेन्टहरु