निधिको गृहनगर नगराईनको मेयरमा काँग्रेस र उपमेयरमा एमाले विजयी

नवलपुर टुडे
२०७९ जेष्ठ ६ | बिहान ०८:०२ बजे

धनुषा, जेठ ६ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिको गृहनगर नगराईन नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार बिनयकुमार यादव निर्वाचित भएका छन् ।
यादवले ५५५६ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामबाबु पजियारले ५५१४ मत प्राप्त गरेका थिए । यादवले पजियारलाई ४२ मतले पराजित गरेका हुन् । यस्तै उपमेयरमा भने एमाले उम्मेदवार राधादेवी यादव निर्वाचित भएकी छिन् । यादवले ५७३० मत पाउँदा उनका प्रतिद्वन्दी काँग्रेसकी रञ्जु कुमारी साहले ५५२३ मत ल्याएकी थिईन् ।
निधिको घर रहेको वडा नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले जितेको छ । काँग्रेसले वडा नम्बर १,३,४, ७ मा र एमालेले वडा नम्बर ५,६, ८ र ९ मा जित हासिल गरेको छ ।





