कागेश्वरी मनोहराको मेयरमा काँग्रेसका कार्की निर्वाचित

नवलपुर टुडे
२०७९ जेष्ठ ६ | बिहान ०७:०२ बजे

काठमाडौं, जेठ ६ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् ।
मेयरमा कांग्रेसका उपेन्द्र कार्की ११ हजार ३२२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रामशरण ढुंगानाले ८ हजार २६३ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयरमा भने एमालेकी शान्ता थापा निर्वाचित भएकी छिन् । उनी ९ हजार ९७५ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका भोला चौलागाईंले ५ हजार ४२२ मत प्राप्त गरेका थिए ।





