देश

    कपिलवस्तुको विजयनगर वडा न.३ को वडाध्यक्षमा जसपाको अध्यक्ष चौधरी प्यानल सहित विजयी

    नवलपुर टुडे
    २०७९ जेष्ठ ६ | बिहान ०७:०२ बजे

      धर्मेन्द्र कुमार कुर्मी
      कपिलवस्तु । कपिलवस्तुको विजयनगरमा जसपा प्यानलसहित विजयी भएको छ । गाउँपालिकाको वडा न.३ मा जसपाबाट वडाअध्यक्ष पदमा उम्मेदवार हृदय विकास चौधरी (विके) ८४१ मत ल्याइ प्यानल सहित विजय भएका हुन् ।

      उनको प्रतिद्वन्दी नेकपा एमालेको बुद्धिराम अर्यालले ६२७ मत ल्याएका थिए । अघिल्लो चुनावमा यो ठाँउमा नेकपाबाट अर्यालले जितेका थिए । गाउँपालिकाको वडा न. १,२,६ र ७ मा यसअघि नेकपा एमालेले प्यानलसहित जितेको छ ।

      पालिका अध्यक्ष उम्मेदवारमा एमालेका गोपाल बहादुर थापाले ४१२५ मत ल्याई १३१ मत अन्तरले आग्रता कायम गरेका छन् भने जसपाको उम्मेदवार जानकी प्रसाद यादवले ३९९४ प्राप्त ल्याई थापालाई पछ्याईरहेका छन् ।

        कमेन्टहरु