मुख्य समाचार

    रोल्पामा कैदी झुन्डिएको अवस्थामा भेटिए

    नवलपुर टुडे
    २०७९ जेष्ठ ५ | बिहान ०९:०२ बजे

      रोल्पा, जेठ ५ । रोल्पा कारागारमा गएराति एक पुरुष कैदी झुन्डिएको अवस्थामा भेटिएका छन् ।

      सुर्खेतको बराहताल गाँउपालिका–१ घोडाआँखेका २७ वर्षीय विजयविक्रम शाह कारगारको शौचालयमा आफ्नै गलबन्दीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयाका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए ।

      शौचालयको ढोका बन्द रहेको जानकारी पाएपछि प्रहरीले ढोका फोरेको थियो । जिल्ला कारागारमा हाल महिला कैदी ११ र पुरुष कैदी ९६ रहेको बताइएको छ । रासस

        कमेन्टहरु