मतगणना आधा सकिएपछि निर्देशिका परिवर्तन गर्न एमालेको माग


काठमाडौं, जेठ ५ । देशैभर आधाजसो मतगणना भइसकेका बेला प्रभावशाली दल नेकपा एमालेले मतगणना निर्देशिका परिवर्तन गर्न माग गरेको छ ।
काभ्रे जिल्लाको धुलिखेल नगरपालिकामा ८ वटा वडाको मतगणना सम्पन्न भई वडा अध्यक्षसहितको समूहले विजय जुलुस गरिरहँदा वडा नं. १ को व्यालेट खाली गरी मत गन्ने तयारीमा रहेको अवस्थामा एमालेले मतगणनाको नियम परिवर्तनको माग राखेपछि मंगलबार साँझबाट मतगणना स्थगित भएको छ ।
एमालेले २०७६ वैशाख ३० गते राति सर्वदलीय बैठकमा आफैले सहमति जनाएको निर्देशिका बदल्न माग राखेको हो । उसले वडा नं. ९ देखि लागु हुने गरी निर्देशिका परिवर्तन गर्नुपर्ने माग राखेपछि जिल्ला मुख्य निर्वाचन अधिकृतले मतगणना शुरू हुनुपूर्व नै सर्वदलीय बैठक बसी तय गरेकाले बीचमा परिवर्तन गर्न नमिल्ने बताएको छ ।
मतगणना स्थगित गरिएपछि अन्य दलहरूले भने निर्वाचन कार्यालय अगाडि नारा, जुलुस गर्दै मतगणना निर्देशिका कुनै दल वा नेताको अनुकूलतामा परिवर्तन गर्नुहुन्न र सबैले मान्ने भनेकै सर्वदलीय निर्णय हो भन्दै अडान लिएका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।





