कृष्णनगर वडा नं ८ को वडाध्यक्षमा माओबादी केन्द्रका नूर मोहम्मद खा विजयी

नवलपुर टुडे
२०७९ जेष्ठ ४ | मध्यान्ह १०:०२ बजे

अजय मिश्र
कपिलवस्तु, जेष्ठ ४ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ मा माओबादी केन्द्र निकट वडाध्यक्ष उमेदवार नूर मोहम्मद खा विजयी भएका छन् ।
राजनीतिमा प्रखर वक्ता तथा सरल स्वभावका खा बिगतको निर्वाचनमा पनि वडा अध्यक्षमा विजयी भएका थिए । खा अहिलेको स्थानीय तहको निर्वाचनमा पुनः वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनी लामो समय देखि सामाजिक सेवामा तल्लिन रहदै आएका थिए ।
कृष्णनगर नगरपालिका वडा नं ८ मा माओबादी केन्द्र निकट नेता नूर मोहम्मद खा जनता माझ लोकप्रिय रहेका छन् ।





