मुख्य समाचार

    पाल्पाको हेक्लाङमा १ भोटको ८० हजारसम्म बार्गेनिङ, मुछियो जनप्रिय माबिका शिक्षक भरत सिंजाली

    नवलपुर टुडे
    २०७९ जेष्ठ ४ | मध्यान्ह ०७:०२ बजे

      पाल्पाको हेक्लाङमा १ भोटको ८० हजारसम्म बार्गेनिङ, मुछियो जनप्रिय माबिका शिक्षक भरत सिंजाली(अडियो)नोट : अडियो रेकर्ड हेर्ने खबरबाट साभार : लिङ्क खोलेर हेर्नू होला ।https://youtu.be/092_m423McI

      पाल्पा, ४ जेष्ठ । बैशाख ३० गते शुक्रवार भएको स्थानीय चुनावको लागि पाल्पा हेक्लाङमा एक भोटको ८० हजारसम्म दिन नेकपा एमाले तयार भएको अडियो सामाजिक संजालमा बाहिरिएको छ ।

      पाल्पाको पुर्वखोला गाउँपालिकाका – ६ काे वडा अध्यक्षका लागी नेकपा एमालेका उम्मेदवारले यत्रो रकम दिन तयार भएको रहस्य बाहिरिएको हो । बिद्यालय ब्यबस्थापन समितीका अध्यक्षले वडा अध्यक्षमा उम्मेदवारी दिएपछि शिक्षकले भोट माग्दै एक भोटको ८० हजारसम्म दिने गरि गरेको कुराकानीको रेकर्ड बाहिरिएको हो ।

      पाल्पा हेक्लाङ जनप्रिय माध्यमिक बिद्यालय पुर्वखोला – ६ का शिक्षक भरत सिंजाली मगरले सोही वडामा एमालेबाट वडा अध्यक्ष उम्मेदवार बनेका धन बहादुर घर्तीको लागि मौन अवधीमा पैसाको बार्गेनिङ गरेको अडियो बाहिरिएसँगै चुनाव निष्पक्षतामा प्रश्न चिन्ह उब्जाएको छ । सबैको साझा बन्नुपर्ने शिक्षक यसरी भोट किन्न गाउँ गाउँ गएपछि शिक्षकको पेशामा समेत प्रश्न चिन्ह खडा भएको छ ।

      जनप्रिय माध्यामिक बिद्यालयका स्थायी शिक्षक भरत सिंजाली मगरले नेकपा एमालेका उम्मेदवार एवंम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष धन बहादुर घर्ती मगरलाई बिजय गराउन निर्वाचनको मौन अबधीमा समेत खुल्लम खुल्ला मतदाताहरुलाई पैसाको बार्गेनिङ गरेको प्रमाण बाहिरिएको छ ।

      पाल्पाको हेक्लाङमा नेकपा एमाले र नेपाली काङ्ग्रेस बीच कडा प्रतिस्पर्धा भएको उक्त वडामा नेपाली काङ्ग्रेसका उम्मेदवार झमबहादुर सारुलाई परेको १७ भोट बदर भएको थियो भने, १६ भोट मतआन्तरले नेकपा एमालेका उम्मेदवार धनबहादुर घर्ती मगर बिजयी भएका थिए । स्थानिय कांग्रेस समर्थक कार्यकर्ताहरुले नेकपा एमालेले पैसाको बार्गेनिङ गरेको अनुसार ठूलो षड्यन्त्र गरि नेपाली कांग्रेसका उम्मेदवार झमबहादुर सारुलाई पराजित गरेको हो ।

       

        कमेन्टहरु