देश

    धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको अग्रता

    नवलपुर टुडे
    २०७९ जेष्ठ ४ | मध्यान्ह ०३:०२ बजे

      धरान, जेठ ४ । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिन थालेका छन् । गठबन्धनका साझा उम्मेदवार कांग्रेसका किशोर राईलाई पछि पार्दै सम्पाङ्ले अग्रता लिएका हुन् ।

      जारी मतगणनाअनुसार स्वतन्त्र उम्मेदवार साम्पाङले ८१४० मत प्राप्त गरी अग्रता लिएका छन् । कांग्रेसका किशोर राईले ८१२६ मत प्राप्त गरेका छन् । चार दिनदेखि अग्रता लिएका राईलाई साम्पाङले १४ मतले पछि पारेका छन् । एमालेकी मञ्जु भण्डारी भने ६७१३ मतसहित निकै पछाडि छन् ।

      धरानको मतगणनाको रोचक प्रसङ्ग के छ भने एमाले र कांग्रेसले वडाअध्यक्षमा अग्रता लिइरहँदा हर्कले दुवै उम्मेदवारभन्दा बढी मत ल्याएका छन् । उपमेयरमा भने गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । उपमेयरमा माओवादीका अइन्द्रविक्रम बेघाले ९१३६ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छ्न् ।

      यस्तै एमालेका पदम इस्बोले ८८५१ मत प्राप्त गरी बेघालाई पछ्याइरहेका छन् ।

        कमेन्टहरु