गैंडाकोटको मेयर र उपमेयरमा नेपाली काँग्रेस विजयी


नवलपुर, जेठ ४ । नवलपुरको गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेसका उमेदवार निर्वाचित भएका छन् । मेयरमा मदनभक्त अधिकारी र उपमेयरमा शान्ति कोइराला निर्वाचित भएका हुन् ।
मेयरका उमेदवार अधिकारीले निकतटम प्रतिद्वन्दी नेकपा एमालेका छत्रराज पौडेललाई दुई हजार ८४९ मतान्तरले पराजित गरेका हुन् । अधिकारीले १६ हजार ४५५ मत प्राप्त गर्दा निवर्तमान मेयर समेत रहेका पौडेलले जम्मा १३ हजार ६०६ मत प्राप्त गरे । २०७४ को निर्वाचनमा पौडेल २०२ मतान्तरले निर्वाचित भएका थिए ।
यस्तै उपमेयरकी उमेदवार काँग्रेसकी कोइराला सात हजार ४७४ मतान्तरले निर्वाचित भइकी हुन् । उनले १६ हजार ११४ मत प्राप्त गर्दा एमाले र राप्रपा गठबन्धनका उमेदवार लुलाराम पौडेलले आठ हजार ६४० मत प्राप्त गरेका थिए ।
गैंडाकोटका १८ वटा वडामध्ये १० वडामा काँग्रेसका उमेदवार, छ वडामा एमालेका उमेदवार र एउटा वडामा माओवादी केन्द्रका उमेदवार निर्वाचित भएका छन् ।





