गुल्मी सत्यवतीको नयाँ नेतृत्वमा एमालेका टिकाराम


कृष्ण प्रसाद भट्टराई
गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाले आगामि ५ बर्षको लागि नयाँ नेतृत्व पाएको छ । निर्बाचन सकिएको दिन नै राति १२ बजे देखि सुरु गरिएको मतगणना कार्य गाउँपालिकाका जम्मा ८ वटा वडाको छुटटा छुट्टै नतिजा घोषणा गर्दै अन्तिममा नेकपा एमालेका टिकाराम पान्डेय सहितको नयाँ नेतृत्व चयन भएपछि सकिएको थियो ।
गुल्मी जिल्लाको पुर्बि क्षेत्र मानिने निर्बाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने गाउँपालिकाका जम्मा ८ वटा वडाहरु मध्ये ३ वटा वार्डमा संयुक्त गठबन्धनका उम्मेदवार बिजयी भएका थिए भने बाँकी ५ वडा एमालेले जितेको थियो ।समग्रमा सत्यवती गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट सुर्य चिन्हबाट प्रतिस्पर्धा गरेका टिकाराम पान्डेले जम्मा ६२७६ मतले गाउँपालिकाको नेतृत्व सम्हाल्दा उनका निकटतम प्रतिद्वन्दी नेपाली काङ्रेसका उम्मेद्द्वार तथा निबर्तमान गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले जम्मा ५६११ मत हासिल गरेका थिए ।
त्यस्तै उपाध्यक्षमा पनि नेकपा एमालेकि निरमाया तरामु बिजयी भएकी छिन । तरामुले जम्मा ६२२४ मत आफ्नो पक्षमा हासिल गर्दा उनकी निकटतम प्रतिद्वन्दी देशभक्त जनगणतान्त्रीक मोर्चाबाट गठबन्धनकी उम्मेदद्वार बनेको तेज कुमारी थापाले जम्मा ५५६१ मत पाएकी थिइन । गाउँपालिकाको वडा नम्बर १ अस्लेवामा नेकपा एमालेका अर्जुन कनौजेले आफ्ना निकटतम प्रतिद्वन्दी झबि पान्डेयलाइ ११८ मतले जितेका थिए । जम्मा खसेको मत १८८३ मध्ये झबि पान्डेयको पक्षमा जम्मा ८२४ मत रहेको स्थानिय निर्बाचन कार्यालयले जनाएको थियो ।
त्यस्तै थुम्का र चेहेमी गरि २ वटा मतदान केन्द्र रहेको वडानम्बर २ चेहेमीमा पनि नेकपा एमालेकै खड्गबीर थापा वडा अध्यक्षमा निर्बाचित भएका थिए ।समग्र गाउँपालिककै गढबन्धन मध्येको एक घटक रास्ट्रिय जनमोर्चाको राम्रै प्रभाब रहेको उक्त वडामा गठबन्धन पक्षका उम्मेदद्वार रोम बहादुर कुंवर आफ्नै चुनाब चिन्ह गिलासबाट चुनाब लडेका थिए ।उनको पक्षमा जम्मा ४२९ मत खस्दा थापाले भने ६८६ मत ल्याएर बिजयी भएका थिए। यस निर्बाचनमा चेहेमीबाट जम्मा ११९० मत खसेको थियो । भौगोलिक रुपले समग्र सत्यवतीमै सबैभन्दा ठुलो रहेको वार्ड नम्बर ३ ठुलो लुम्पेकमा अन्य वार्डहरुको तुलनमा नेपालमा सकृय मध्ये धेरै राजनैतिक दलहरुको प्रभाब रहेको छ ।
केन्द्रले निर्बाचन बहिस्कार गरेतापनि गठबन्दनसंग मिलेर गाउँपालिका उपाध्यक्षको उम्मेदवार उठाएको देशभक्त जनगणतान्त्रीक मोर्चाले पनि चुनाबी प्रकृयामा भाग लिएको थिए । नेकपा माओबादी केन्द्रका वडा अध्यक्षलाइ समर्थन गर्दै समग्र वार्ड बाटै सबैभन्दा धेरै मत दिएर जितु तरामु मगरलाई निर्बाचित गराएको थियो ।जम्मा खसेको मत १९३६ मध्ये करिब ५६% मत अर्थात जम्मा १०९२ मत हासिल गर्दा प्रतिद्वन्दी नेकपा एमालेका लोक बहादुर रानाले ७७६ मत मात्र पाएका थिए ।
समग्र सत्यवतीमा नेकपा एमालेको बलियो पकड रहेको वार्ड नम्बर ४ मा पनि यसपालिको चुनाबमा एमालेले गतिलै बाजि मारेको थियो । गाउँपालिकालाई जिताउन सबैभन्दा महत्वपुर्ण मत हासिल गर्ने वार्डको रुपमा हेरिएको लिम्घाले सोचेजस्तै नै ५०१ मतको लिड एमालेलाई पठाएको थियो । गाउँपालिकाको नेतृत्वनै सम्हाल्न सक्ने भनिएका ब्यक्ति पिताम्बर ज्ञवालीलाई यसपालि नेकपा एमालेले वार्डको अभिभाकको जिम्मा दिएको थियो । जम्मा खसेको मत १५६७ मध्ये ९८५ मत ज्ञवालीको पक्षमा रहेको थियो भने उहाँसंग चुनाबी मैदानमा होमिएका नेपाली काङ्रेसका शेर बहादुर थापाले जम्मा ५२० मत हासिल गरेका थिए । त्यस्तै गठबन्धन तथा एमाले दुबैले आफ्नो प्रतिष्ठाको रुपमा हेरेका वार्ड नम्बर ५ हँसरामा पनि गठबन्धनबाट नेपाली काङ्रेसका उम्मेदद्वार बाबुराम ज्ञवालीले बिगतमा आफ्नो पक्षका उम्मेदद्वारको हारको बदला लिएका थिए । जम्मा खसेको मत १५७६ मध्ये ज्ञवालीले ८७८ मत हासिल गर्दा उहाँका प्रतिद्वन्दी नेकपा एमालेका नारायण प्रसाद न्यौपानेले ६५९ मत हासिल गरेका थिए ।
नेपाली काङ्रेसले गाउँपालिका जित्ने मुख्य आधार रहेको वार्ड नम्बर ६ जोहाङ्गबाट गत चुनाबमा वार्ड अध्यक्ष निर्बाचित भएका नेपाली काङ्रेसका गाउँपालिका सभापति समेत रहेका बिष्णु प्रसाद भन्डारिले यसपटक पनि दोश्रो कार्यकालका लागि पुन: निर्बाचित भएका छन । समग्र गाउँपालिकामै सबैभन्दा धेरै मतदाता रहेको उक्त वार्डमा यसपटकको चुनाबमा जम्मा २०३० जनाले मत खसालेका थिए भने जसमध्ये नेकपा एमालेका वार्ड अध्यक्ष पदका उम्मेदद्वार महेन्द्र प्रसाद भन्डारीले जम्मा ७३५ मत हासिल गरेका थिए जुन मत भन्डारीको भन्दा ४३९ मतले कमि भएको थियो ।
त्यस्तै वार्ड नम्बर ७ जुनियाँमा पनि यो नेकपा एमालेका लोक बहादुर बुढाथोकीले जित हासिल गरेका थिए । बुढाथोकी पनि गत चुनाब २०७४ मा समेत बिजयी उम्मेद्वार हुन । जम्मा खसेको मत १४५१ मध्ये बुढाथोकीले ८६३ मत हासिल गर्दा नेपाली काङ्ग्रेसका प्रत्यासी भिम बहदुर क्षेत्रीले जम्मा ५६१ मत पाएका थिए । गत चुनाबमा नेपाली काङ्रेसले भारी मतले जितेको र २०४६ साल देखि नै सधै गुल्मी काङ्रेसको दबदबा रहँदै आएको र गुल्मी काङ्रेसका हस्तिहरु झक बहादुर पुन, डा. कृष्ण छन्त्याल, श्रीप्रसाद बुढाथोकी जस्ता नेताहरु जन्माएको सत्यवती वार्ड नम्बर ८ भार्सेमा यसपालि भने इतिहासमै पहिलोपटक एमालेले झिनो मतान्तरले काङ्रेसलाई जितेको थियो । सबैभन्दा थोरै जनसंख्या रहेको भार्सेमा जम्मा ८०७ मत खसेको थियो जसमध्ये नेपाली काङ्रेसका बिष्णु प्रसाद रानाले ३११ मत हासिल गर्दा एमालेका होम बहादुर रानाले ३३६ मत पाएका थिए ।
समग्रमा सत्यवतीको चुनाबी कार्यक्रम एकदम शान्तिपुर्ण बातावरणमा सम्पन्न भएको थियो । वार्ड सदस्यहरुको हकमा भने सम्पुर्ण वार्डमा आफ्नो प्यानलनै बिजयी हुंदा वार्ड नम्बर ६ जोहाङ्गबाट वार्ड सदस्य खुल्ला पदमा नेकपा एमालेका युबराज न्यौपाने बिजयी भएका थिए ।





