देश

    एमालेले ९ महिनापछि हटायो संसद अवरोध

    नवलपुर टुडे
    २०७९ जेष्ठ ३ | मध्यान्ह ०५:०२ बजे

      काठमाडौ । नेकपा एमालेले ९ महिनापछि संसदको अवरोध हटाएको छ। एमालेले २०७८ साल भदौ २३ गतेदेखि सुरु गरेको संसदको अवरोध अन्त्य गरेको हो। एमालेले झण्डै ९ महिनापछि संसदको अवरोध खुलाएको हो।

      एमालेले नेपालको इतिहासमै सबैभन्दा धेरै दिन अर्थात् १४३ दिनसम्म संसदको बैठक अवरोध गरेको थियो।एमालेले आफ्नो पार्टी विभाजन गर्न अध्यादेश ल्याइएको र सभामखुले आफ्नो पार्टीले कारवाहीका लागि सिफारिस गरेका सांसदहरुलाई नहटाएको दाबी गर्दै लामो समय वेल घेराउ र नाराबाजी गर्दै विरोध गर्दै आएको थियो। अवरोध अन्त्य गरेपछि संसदको रोष्टमबाट बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले मुलुकको राजनीति फरक कोर्समा गइसकेको उल्लेख गर्दै संसदमा अवरोध र विरोध फरक ढंगले गर्ने बताए।

      ज्ञवालीले निर्वाचनमा जनताले उचित ढंगले फैसला गरेको टिप्पणी समेत गरेका छन्।

        कमेन्टहरु