लालपुर बगैचाम लुकाई राखेकाे अवस्थामा अवैध जंगली काठ बरामद


धर्मेन्द्र कुमार कुर्मी
कपिलवस्तु । कपिलवस्तु विजयनगर गाउंपालिका ७ लालपुर लुकाइ छिपाइ राखेको ९ वटा सघुन गोलिया झन्डै काठ सोमवार सांझ विशेष सूचनाको आधारमा बन बिभागले जिल्लाकाे कपिलवस्तु विजयनगर गाउंपालिका ७ लालपुरकाे एउटा बगैचामा लुकाएर राखिएकाे अवस्थामा सघुन काठ बरामद गरिएकाे जनाएकाे छ । ३ बजेकाे समयमा सुराकीकाे आधारमा काठ बरामद गरेकाे हो ।
नेपाल-भारतको सिमानामा दर्जनौं कष्ठ मिल र फर्निचर उद्योगहरु रहेकाले तस्करहरु भारतीय जंगलबाट काठ ल्याउने गरेका छन । विजयनगर गाउंपालिकाका वडा ६,७ र कृष्णनगर नगरपालिकाकाे वडा १२ भारतिय जंगलसंग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउंहरुमा राति तस्करहरुले काठका गाेलियाहरु बगैँचा, पराल अथवा गाेठमा लुकाउंछन र काष्ठ उद्योगहरुमा पुर्याइदिन्छन ।
जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर, गेडुवाजाेत, दत्तपुर ठकुरापुर,परशरामपुर घाट लगायतकाे क्षेत्र हुदै काष्ठभित्रिदै आएकाे स्राेतले जनाएको छन ।





