बुलिङटार -५ मा कांग्रेसको लाल किल्ला भत्कियो, एमाले प्यानल बिजयी

नवलपुर टुडे
२०७९ जेष्ठ १ | मध्यान्ह ०३:०२ बजे

बुलिङटार । नेपाली काङग्रेसको गढ मानिने बुलिङटार गाउँपालिका – ५ मा नेकपा एमालेको प्यानल नै विजय भएको छ ।
नेकपा एमालेका उम्मेदवार अध्यक्ष विजय थापा, खुल्ला सदस्यमा जिवन राना र पूर्व सिंह राना मगर, दलित महिला सदस्यमा सम्झना सार्की र महिला सदस्य बसन्ती सेन जिवयी भएको छ । नवलपुर जिल्लामा बुलिलङटार गाउँपालिका नेपाली काङग्रेसको गढ मानिन्छ ।
तर, यस अघिको निर्वाचनमा गाउँपालिकाको प्रमुख उपप्रमुख र सबै वडा अध्यक्ष तथा सदस्यहरुमा नेपाली काङग्रेसले जित निकालेको थियो । वडा नम्बर १ देखि ४ वडासम्म कांग्रेसको प्यानल बिजय भएको छ भने अब ६ नम्बरको मतगणना हुदैछ । यहाँ ६ वटा वडा रहेका छन् ।





