देश

    बौदीकाली गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा एमाले विजयी

    नवलपुर टुडे
    २०७९ जेष्ठ १ | बिहान ११:०२ बजे

      नवलपुर । बौदीकाली गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रकाश ओझा विजयी भएको छ । निकटतम प्रतिद्वन्दी नेपाली काङग्रेसका केवि राना मगरलाई ४३५ मतअन्तरले पराजित गर्नुभएको हो ।

      नेकपा एमालेका ओझाले ३ हजार ९ सय ७६ मत पाउँदा काङग्रेसका केबि रानाले ३५४१ मत मात्र प्राप्त गर्यो । उपाध्यक्षमा नेकपा एमलेकै डिल कुमारी सारु मगर विजयी भएको छ । उनको निकटतम प्रतिद्वन्दी काङग्रेसकी धनकान्ती घिमिरेलाई ४५६ मतअन्तरले पराजित गर्नुभएको हो । डिल कुमारी सारुले ३ हजार ९ सय ६२ मत प्राप्त गर्दा धनकान्ती घिमिरेले ३ हजार ५ सय ६ मत पाएको थियो । घिमेरेलाई सारुले ४६५ मतअन्तरले हराएको छ ।

        कमेन्टहरु