हुप्सेकोट ५ मा नेपाली काँग्रेसको प्यानल बिजयी

नवलपुर टुडे
२०७९ जेष्ठ १ | बिहान ०८:०२ बजे

तिलु खोँजेली मगर
नवलपुर । हुप्सेकोट गाउँपालिका वडा नं. ५ मा पनि नेपाली काँग्रेसको प्यानल बिजयी भएको छ।
बिभिन्न पदका उम्मेदवारीहरुमा वडा अध्यक्ष पदमा पदम बहादुर राना मगरले ६७९ मत, महिल सदस्यको पदमा टुलीसरा सोमै मगरले ६५४ मत, दलित महिला सदस्यको पदमा कर्न माया बि.क. ले ६५१ मत, एक चिन्ह खुल्ला सदस्य पदमा लाल बहादुर घर्ती मगरले ६५० र दुई चिन्ह खुल्ला सदस्य पदमा सुन बहादुर खाम्चा मगरले ६४५ मत ल्याई नेपाली काँग्रेसको प्यानल बिजयी भएको हो ।
रुख चिन्ह लिएर उठ्नुभएका गाउँपालिकाको अध्यक्षको लागी वडा नं. ५ बाट ६२८ मत र उपाध्यक्षको लागी ६४७ मत प्राप्त भएको छ भने सुर्य चिन्ह लिएर उठ्नुभएका गाउँपालिकाको अध्यक्षको लागी २९४ मत र उपाध्यक्षको लागी ३०३ मत प्राप्त भएको छ।





