मुख्य समाचार

    डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढायो

    नवलपुर टुडे
    २०७९ बैशाख ३१ | मध्यान्ह ०८:०१ बजे

      काठमाडौं, बैशाख ३१ । सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ ।

      नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

      बढेको मूल्यसँगै पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

      सरकारले चुनावलगत्तै एकैपटक उच्च मूल्यवृद्धि गरेको हो ।

        कमेन्टहरु