गुल्मीमा १२ वडाको नतिजा सार्वजनिक, कांग्रेस ८, एमाले ३ र माओवादी १ वडामा विजयी

नवलपुर टुडे
२०७९ बैशाख ३१ | मध्यान्ह ०६:०१ बजे

गुल्मीमा अहिलेसम्म १२ वटा वडाको नतिजा सार्वजनिक भएको छ । कांग्रेसले ८, एमालेले ३ र माओवादीले १ वडाध्यक्ष पद जितेको छ । जसमा रेसुङ्गा नगरपालिकाका १ देखि ८ वडासम्मको नतिजा सार्वजनिक भएको छ । वडा नं. १, ६ र ८ नेकपा एमालको वडाध्यक्षले जितेको छ भने वडा नं. २, ३, ४, ५, ७ मा कांगे्रस वडाध्यक्ष सहित प्यानलनै विजय भएको छ ।
उता गुल्मीदरबार गाउँपालिकाको वडा नं. १ र ७ मा पनि कांग्रेस विजयी भएको छ । मदाने गाउँपालिकाको वडा नं. १ मा पनि कांग्रेसको प्यान विजय भएको छ भने चन्द्रकोट गाउँपालिका वडा नं. १ मा माओवादीले जित हासिल गरेको छ ।





