देश

    बुलिङटार गाउँपालिका – २ मा कांग्रेसका कमल बकाबल मगरको प्यानल बिजयी

    नवलपुर टुडे
    २०७९ बैशाख ३१ | मध्यान्ह ०२:०१ बजे

      डाँडाझेरी । नवलपुरको बुलिङटार गाउँपालिका – २ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार कमल बकाबल मगर निर्वाचित भएका छन ।

      कुल १०९० मत गन्दा उनले प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार देवबहादुर दर्लामी मगरलाई २४३ मतअन्तरले पराजित गर्दै निर्बाचित भएको हो । बकाबलले ६२५ मत प्राप्त गर्दा प्रतिद्वन्दी दर्लामीले ३९२ मत ल्याएका थिए ।

      त्यसैगरी बुलिङटार – १ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट दिलबहादुर सुर्यबंशी मगर १७२ मतअन्तरले निर्बाचित भैसकेका छन।

        कमेन्टहरु