गैडाकोट – १८ मा कांग्रेसको प्यानल बिजयी

नवलपुर टुडे
२०७९ बैशाख ३१ | मध्यान्ह ०१:०१ बजे

गैडाकोट, बैशाख ३१ । नवलपुरको गैडाकोट नगरपालिका – १८ मा नेपाली कांग्रेस प्यानल नै बिजयी भएका छन । वडा नम्वर १८ मा पुन: नेपाली कांग्रेसका उम्मेदवार तिल बहादुर चितौरे बिजय भएका हुन ।
महिला सदस्यमा पुन: टेकमाया सोती, दलित महिला सदस्य तारा माया बिश्वकर्मा, खुल्ला सदस्यमा कर्णबहादुर माकिम मगर र चमबहादुर सुनारी मगर बिजय भएका छन । तर, बिजय भएको औपचारिक घोषणा बाकी रहेको छ ।
यस वडामा वडा अध्यक्षमा मंगोल नेशनल अर्गनाइजेशनका चुमन सिं चितौरे मगर नेकपा एमालेको समर्थनमा प्रतिस्पर्धा रहेका थिए ।





