हुप्सेकोट गाउँपालिका – ६ कांग्रेस प्यानल बिजयी

नवलपुर टुडे
२०७९ बैशाख ३१ | मध्यान्ह १२:०१ बजे

तिलु खोँजेली मगर
नवलपुर । हुप्सेकोट गाउँपालिकाका – ६ मा कांग्रेसको प्यानल बिजयी भएको छ । कांग्रेसबाट वडाअध्य्क्षमा छमबहादुर सोमै मगरले ७८१ मत प्राप्त गरि बिजय भएको हो ।
त्यसैगरी नेपाली काँग्रेसबाटै महिल सदस्य पदको लागी बिनी सरा धेँगा मगरले ७९५ मत, दलित महिला सदस्य टुलसी बि.क.ले ७८१ मत, खेम बहादुर मल्ल ठकुरी ७७० मत र रोम बहादुर बयाम्बु मगरले ७७४ मत ल्याई बिजयी हुनुभएको छ।
नेपाली काँग्रेसबाट गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारीको लागि वडा नं ६ बाट ७८३ मत प्राप्त भएको छ भने उपध्यक्षको लागी ७८८ मत प्राप्त भएको छ।
त्यसै गरि एमालेबाट गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारीको लागी ६७९ मत प्राप्त भएको छ भने उपाध्यक्षपदको लागि ६७८ मत प्राप्त भएको छ ।





