देश

    बौदीकाली गाउँपालिका -६ मा कांग्रेसको प्यानल बिजयी

    नवलपुर टुडे
    २०७९ बैशाख ३१ | मध्यान्ह १२:०१ बजे

      बाैदीकाली । नवलपुर जिल्लाकाे पाहाडि भेग बाैदीकाली गाउँपालिकामा नेपाली कंग्रेसले खाता खाेल्न सफल भएकाे छ । बाैदीकालीकाे वडा.न ६ मा नेपाली कांग्रेसकाे वडाअध्यक्ष उम्मेदवार खुम कुमार सारुको प्यानल निर्वाचित भएको छ ।

      बिजय सारुले प्रतिद्वन्दी रहेका नेकपा एमालेका उम्मेदवार पुर्ण थापा मगरलाई १०० मतले पछि पार्दै निर्वाचित भएको हो ।

      वडा ६ नरममा कुल १३७४ मतमा गाउँपालिका अध्यक्ष नेकपा एमालेका उम्मेदवार प्रकाश ओझा – ६१७, नेपाली कांग्रेस गाउँपालिका अध्यक्ष उम्मेदवार के.बि.राना मगरलाई ७२६ मत खसेकाे थियाे । त्यस्तै गाउँपालिका उपाध्यक्ष तर्फ नेकपा एमालेका उम्मेदवार डिल कुमारी सारु ६६५ मत प्राप्त गरेका छन भने, नेपाली काङ्ग्रेस धनकान्ति धिमिरेले ६८२ मत प्राप्त गरेका छन ।

      वडाअध्यक्ष नेकपा एमाले पुर्ण थापा मगर ६२१ नेपाली काङ्ग्रेस खुम कु.सारु ७२१ मत प्राप्त गरेको छ ।

        कमेन्टहरु