पाल्पाकाे माथागढी गाउँपालिका ८ मा कांग्रेसकाे प्यानल नै विजयी

नवलपुर टुडे
२०७९ बैशाख ३१ | बिहान ११:०१ बजे

तानसेन । पाल्पाको २ वटा नगरपालिका र ८ वटा गाउँपालिकामा मतगणना सुरु भएको छ । अहिलेसम्म माथागढी वडा नंं ८ को मत परिणाम सार्वजनिक भएको छ ।
माथागढी गाउँपालिका वडा नंं ८ बहादुरपुरमा वडाअध्यक्ष दिलबहादुर ढेंगासहित सबै सदस्यमा नेपाली कांग्रेसमा उम्मेदवारहरु विजयी भएका छन् । विजयी हुने महिला सदस्यमा लालीसरा ढेंगा, दलित महिला सदस्यमा माया विक र खुला सदस्यमा तिलबहादुर ढेंगा तथा मनिसरा ढेगा रहेका छन् ।
विजेता वडाअध्यक्ष ढेंगाले ४१० मत पाउँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नारायणसिंह थापाले ३०६ मत ल्याएका थिए ।





