दिलबहादुर सुर्यबंशी १७२ मतअन्तरले दोश्रो पटक वडाध्यक्षमा निर्बाचित


थामबेसी । नवलपुरको बुलिङटार गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार दिल बहादुर सुर्यबंशी पुन निर्वाचित भएका छन । १ नम्बरमा १४७० खसेको मतमा ७७३ मत ल्याई निर्वाचित भएको हो । उनको प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार खेमबहादुर डिस्वा मगरलाई १७२ मतको अन्तरमा सुर्यबंशी विजयी भएको हो ।
शुर्यबंशी संगै नेपाली कांग्रेसबाट महिला वडा सदस्य पदका उम्मेदवार रहनु भएका कमल अस्लामी मगरले ७३१, दलित महिला सदस्य पदका उम्मेदवार थमिसरा वि.क. ले ७४४, खुल्ला सदस्य पदका उम्मेदवार कान्ता बहादुर आले ७३० र लाल बहादुर गरञ्जा मगरले ७३८ ल्याई निर्वाचित भएको छ । सुर्यबंशीका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार खेम बहादुर डिसुवा मगरले ६०१ मत प्राप्त गरेका छ ।
पालिका तर्फ वडा नं. १ को अन्तिम नतिजा अनुसार नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार शशिकिरण बस्ताकोटीले ६४४ र उपाध्यक्ष पदका उम्मेदवार दिलमाया राना मगरले ७३६ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी कांग्रेसका उम्मेदवारको प्रतिद्वन्दी नेकपा एमालेको उम्मेदवार दिपेन्द्र सुनारी मगरले ७४४ मत, उपाध्यक्ष पदका उम्मेदवार कोपिला खण्डलुक मगरले ६१७ प्राप्त गर्नुभएको छ ।





