बुलिङटार – १ मा वडाअध्यक्ष दिलबहादुर सुर्यबंशीसहित पुरै कांग्रेस उम्मेदवार निर्बाचित

नवलपुर टुडे
२०७९ बैशाख ३१ | बिहान ०९:०१ बजे

कोटथर, बैशाख ३१ । बुलिङ्टार गाउँपालिका वडा नम्बर – १ मा वडाध्यक्षसहित नेपाली कांग्रेसको प्यानल नै बिजय भएका छन ।
बुलिङटार १ कोटथर थामबेसीमा खसेको मत १४७० मा कांग्रेसको वडाध्यक्षसहित प्यानल नै बिजय भएको हो । वडा तर्फका उमेदवार अध्यक्ष : दिलबहादुर सुर्यबंशी मगर ७७३ मत, सदस्यहरु कमला अस्लामी मगर ७३१, थमिसरा बिक ७४४, कान्तबहादुर आले ७३० र लाल बहादुर गरंजा मगर ७३८ मत प्राप्त गरि निर्वाचित भएका छन ।
वडाअध्यक्ष दिलबहादुर सुर्यबंशी मगर र वडा सदस्य कमला अस्लामी मगर पहिलो स्थानिय तहको निर्वाचनमा बिजय भैइ ५ बर्ष कार्यकालको अनुभवी हुन ।





