मनाङमा मतगणना सुरु, एमालेको अग्रता

नवलपुर टुडे
२०७९ बैशाख ३० | मध्यान्ह १०:०१ बजे

मनाङ, बैशाख ३० । मनाङमा स्थानीय तह निर्वाचनको मतगणना सुरु भएको छ । जिल्ला सदरमुकाम रहेको चामे गाउँपालिका र नेस्याङ गाउँपालिकामा मतगणना सुरु भएको हो ।
कूल ५ वटा वडामध्ये २ वटा वडाको गनिसक्दा अध्यक्षमा एमाले उम्मेदवारले अग्रता लिएका छन् । चामेमा एमालेका लोकेन्द्रबहादुर घलेले १५२ ल्याउँदा उपाध्यक्षमा आशकुमारी गुरुङले १२९ मत पाएका छन् ।
यस्तै काँग्रेसबाट अध्यक्षका उम्मेदावर छिरिङ ध्वर्जे लामाले १३० र उपाध्यक्षमा मिङमार ढोमा लामाले १५४ मत पाएका छन् । नेस्याङमा पनि एमालेले अग्रता लिएको जनाएको छ । अन्य पालिकाको भने मतगणना सुरु भएको छैन ।





